ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् प्रणाली सञ्चालन विभागको निरीक्षण
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको आकस्मिक निरीक्षण गरेका छन्।
मन्त्री श्रेष्ठले शनिबार साँझ विभागको कार्यालय पुगेर त्यहाँको वस्तुस्थिति र कार्यप्रणालीबारे प्रत्यक्ष अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको वर्तमान सञ्चालन प्रक्रिया, राष्ट्रिय ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र पछिल्लो समय छिमेकी मुलुकहरूसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद-बिक्रीको अवस्थाबारे विस्तृत जानकारी लिए।
उनले जनतालाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनुका साथै छिमेकी देशहरूसँगको व्यापारलाई थप प्रभावकारी बनाउन विभागले निर्वाह गरिरहेको भूमिकाका विषयमा समेत अधिकारीहरूसँग छलफल गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment