ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ

डिसी नेपाल
१० जेठ २०८३ १५:१८

काठमाडौं । ललितपुरमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्क नजिकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

नक्कली नोट कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरको टोली खटिएको थियो। उक्त टोलीले लगनखेलबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिराहा लहान नगरपालिका-१५ घर भई कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई छन्।

उनीबाट प्रहरीले ५०० दरको १६ वटा नक्कली नोट बरामद भएको छ। परिसरले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *