छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ।
ललितपुरको ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सडकमा बाग्मती प्रदेश०१-०३३ च ८७८० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने सर्लाही घर भएका अनिरूद्र शाहकी छोरी ८ वर्षीया रोशनी साहको शनिबार बेलुकी मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-१ भन्ज्याङस्थित सडकमा बा.३ क २०३० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण बहादुर तामाङको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ सिखरकटेरीस्थित सडकमा बा.प्र.०१-००६ ख ९६११ नम्बरको बसले ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही गाउँपालिका-२ लामिडाँडा बस्ने ५५ वर्षीय दोर्जेरत्न हेमजनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसि चुरेहिल अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धादिङको थाक्रे गाउँपालिका-२ सिम्ले बजारस्थित सडकमा ना.३ ख ४९५५ नम्बरको ट्रकले बा.प्र.०२-०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा, गोरखा नगरपालिका-७ बस्ने २५ वर्षीय आदर्श श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment