जिल्ला समन्वय समितिका प्रमुखको निधन

डिसी नेपाल
११ जेठ २०८३ २१:५३

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको आज निधन भएको छ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा निधन भएको हो। सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण उपचाररत रहेका थिए।

थापाको आज साँझ पशुपतिआर्यघाटमा अन्त्येष्टि उनको पारिवारिक श्रोतले जनाएको छ । उनी रेडियो नेपालको सेवा निवृत्त पत्रकारसमेत हुन्। उनका छोरा, तीन छोरी र श्रीमती छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *