नेपाली बजारमा शाओमीको नयाँ रेडमी प्याड २ सार्वजनिक, मूल्य २५,९९९ रुपैयाँ
काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि आफ्नो नयाँ उत्पादन ‘रेड्मी प्याड २ ९.७’ सार्वजनिक गरेको छ।
आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित बजारमा आएको यस ट्याबलेटले शक्तिशाली अक्टा-कोर प्रोसेसरका साथ सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
ग्राफाइट ग्रे र सिल्भर गरी दुईवटा आकर्षक रङ्गहरूमा उपलब्ध यस रेड्मी प्याडको पहिलो मुख्य आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ हो, जसले यसको प्रिमियम स्टाइल र डिजाइनमा कुनै सम्झौता नगरीकन उत्कृष्ट मजबुती र टिकाउपन (ड्युरेबिलिटी) प्रदान गर्दछ।
यस ट्याबलेटमा १२० हर्जको उच्च रिफ्रेस रेट, शक्तिशाली अक्टा-कोर प्रोसेसर, र ९.७ इन्चको २K क्रिस्टल-क्लियर डिस्प्ले समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई अल्ट्रा-स्मुथ भिजुअल, उत्कृष्ट डिटेल्स र फास्ट-रेस्पोन्सिभनेसका साथ साँच्चिकै इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्छ।
लामो समयसम्म मल्टिमिडिया प्रयोग गर्न चाहनेहरूका लागि यसमा ७ हजार ६ सय एमएएचको ठूलो र शक्तिशाली ब्याट्री राखिएको छ, जसमा १८ वाटको फास्ट-चार्जिङ सुविधा उपलब्ध छ। यसले गर्दा प्रयोगकर्ताले लामो प्लेब्याक सेसनसहित लामो समयसम्म टिक्ने ब्याट्री लाइफको आनन्द लिन सक्नेछन्।
क्यामरा र मल्टिमिडिया फिचर्सका हकमा यस रेड्मी प्याडमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ, जसले फोटो तथा भिडियोको गुणस्तर कायम राख्दै सार्प र डिटेल्ड इमेजहरू खिच्न मद्दत गर्दछ।
त्यसैगरी, म्युजिक तथा भिडियो हेर्न र सुन्नका लागि हाइ-रिजोलुसन अडियो आउटपुट दिने इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक समावेश गरिएको छ, जसले यसको मल्टिमिडिया प्याकेजलाई पूर्णता दिएको छ।
शाओमीको नयाँ हाइपरओएस ३ मा चल्ने यस रेड्मी प्याड २ ले शाओमी इकोसिस्टममा रहेका अन्य उपकरणहरूसँग सिमलेस कनेक्टिभिटीसहित सहज, छिटो र इन्टेलिजेन्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ।
जम्मा ४०६ ग्राम तौल रहेको यो प्याड ‘लाइट टु मिड-वेट’ श्रेणीको डिभाइस अन्तर्गत पर्ने भएकाले यसलाई जहाँसुकै बोकेर हिँड्न सजिलो र दैनिक कार्यमा प्रयोग गर्न निकै सहज हुन्छ।
भरपर्दो डिजिटल सुरक्षा र प्राइभेसीका लागि यसमा एआई फेस अनलकजस्ता एआई-पावर्ड आधुनिक विशेषताहरू पनि उपलब्ध गराइएको छ। नेपाली उपभोक्ताका लागि यी सम्पूर्ण आधुनिक विशेषताहरूले भरिपूर्ण रेड्मी प्याड २ ९.७ को ४ जीबी र्याम र १२८ जीबी स्टोरेज (४+१२८ जिबि) भेरियन्ट नेपाली बजारमा जम्मा रू. २५,९९९ को सुपथ मूल्यमा उपलब्ध गराइएको छ।







डिसी नेपाल







Facebook Comment