नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
काठमाडौं। नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा योगदानमा आधारित भए/नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ। बैंकका कर्मचारीले मासिक/वार्षिकरूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने कोषले जनाएको छ।
कोषले बैंकका कर्मचारीको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ। बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ।
उक्त सम्झौतामा कोषका निर्देशक छविरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment