रास्वपा केन्द्रीय समितिको बैठक आज चितवनमा बस्दै, महाधिवेशन र विधान संशोधनमा केन्द्रित हुने
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेका छन्।
महाधिवेशनको संघारमा बोलाइएको उक्त बैठक आज (शनिबार) दिउँसो १ बजे चितवनको भरतपुरस्थित होटल सिरामी (सिमटी) को हलमा बस्ने तय भएको छ। चितवनकै भरतपुरमा असार ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुन गइरहेको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा यो बैठक बस्न लागेको हो।
आजको बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीका साथै देशैभरिबाट महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको उचित व्यवस्थापनका विषयमा सघन छलफल हुने कार्यसूची रहेको छ।
यसका साथै महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिने सांगठनिक तथा राजनीतिक प्रतिवेदनहरू र पार्टीको आगामी कार्यदिशा तय गर्ने विधान संशोधनका सम्बन्धमा समेत केन्द्रीय सदस्यहरूबीच विस्तृत समीक्षा र छलफल गरी एजेन्डाहरू पारित गरिने तय भएको छ।







डिसी नेपाल







Facebook Comment