योगलाई केवल शारीरिक अभ्यास नभई जीवनपद्धतिको रूपमा ग्रहण गर्न राष्ट्रपतिको आग्रह

डिसी नेपाल
७ असार २०८३ ८:३६

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई केवल शारीरिक अभ्यास मात्र नभई वैज्ञानिक र अनुशासित जीवनशैलीका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।

१२औँ विश्व योग दिवसका अवसरमा शुभकाना दिँदै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यका कार्यक्रमहरूसँग अझ प्रभावकारी रूपमा जोड्न आवश्यक रहेको बताए।

योग शरीर, मन र आत्मालाई एकसूत्रमा बाँध्ने समग्र जीवनपद्धति भएको बताउदै उनले ध्यान, प्राणायाम तथा शारीरिक आसनहरूको संयोजनले व्यक्तिको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने बताए।

योग अभ्यासले तनाव कम गरी सकारात्मक ऊर्जा प्रदान गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणाली सुदृढ बनाउने तथा मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने उल्लेख गरे।

नेपाल योगको प्राचीन भूमि भएको विभिन्न अध्ययन, अनुसन्धान तथा ऐतिहासिक प्रमाणहरूले पुष्टि गर्दै आएको उल्लेख गरे।

उनले आधुनिक जीवनशैली, बढ्दो तनाव, प्रदूषण र तीव्र प्रतिस्पर्धाका कारण मानव जीवन जटिल बन्दै गइरहेको वर्तमान अवस्थामा योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन सके स्वस्थ, सरल र सन्तुलित जीवनयापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *