उपसभापतिमा सोविता र तोसिमाको भिडन्त हुने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच भिडन्त हुने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा महिला उपसभापति पदका लागि गौतम र कार्कीको मात्र उम्मेदवारी कायम भएपछि यी दुई स्थापित नेतृहरूबीच सोझो प्रतिस्पर्धा हुने निश्चित भएको हो।
यसअघि पार्टीको उपसभापति पदका लागि दाबी गरेकी अर्की नेतृ समीक्षा बास्कोटाले भने अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्। बास्कोटाले उम्मेदवारी फिर्ता लिएसँगै सोविता र तोसिमाबीचको चुनावी प्रतिस्पर्धा आमनेसामने हुने भएको छ।
रास्वपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र आजै मतदानको कार्यतालिका तय गरिएको निर्वाचन अधिकारीहरूले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment