महासचिव पोखरेलको दाबी: क्षणिक उत्तेजना र पपुलिजमबाट देशको रूपान्तरण सम्भव छैन

डिसी नेपाल
२९ असार २०८३ ११:०७

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको उल्लेख गरेका हुन्।

देशको विकृति, विसंगति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उनको भनाइ छ।

आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको पोखरेलले दाबी गरेका छन्।

महासचिव पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली तथा व्यवहार पूर्णतः विरोधाभासपूर्ण देखिएको टिप्पणी गरेका छन्।

सुरुवाती चरणमा ठूला कुरा गरे पनि व्यवहारमा उनीहरूको रूप फरक देखिएपछि त्यस्ता शक्तिहरूबाट देशको वास्तविक रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज आम नागरिकका माझ छर्लङ्ग भइसकेको पोखरेलको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *