घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु
कालिकोट। कालिकोटमा पानी घट्नमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६, का लालबहादुर साउद र मन्दिर साउन रहेका छन्।
सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोही वडाको भुवारिपाटा भन्ने ठाउँमा रहेको पानी घटना उनीहरू सोमबार पिठो पिस्न गएका थिए।
एक्कासि माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा स्थानीय र मेहलमुडी प्रहरी चौकीको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment