विष्णु पौडेलको हिरासत पाँचौँ पटक थप, विशेष अदालतबाट तीन दिनको अनुमति
काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिनको म्याद थप गरेको हो ।
उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान गरिरहेको छ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। त्यसयता उनलाई चार पटक विशेष अदालतबाट म्याद लिएर विभागले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment