पाइलट हिरासतमा रहेको घटनाप्रति बुद्ध एयरको ध्यानाकर्षण: आन्तरिक छानबिन सुरु
काठमाडौं। बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले शुक्रबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै बाहिर आएका विवरणअनुसार उक्त घटना पाइलटको नितान्त व्यक्तिगत एवं पारिवारिक विवाद र झैझगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको प्रष्ट पारेको छ।
घटनाको वास्तविक सत्यतथ्य पत्ता लगाउनका लागि बुद्ध एयरले तत्कालै एक आन्तरिक छानबिन समिति गठन गरी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइसकेको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले सामाजिक उत्तरदायित्व र यात्रुहरूको सुरक्षालाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको स्मरण गराउँदै घटनाबारे अहिले थप अनुसन्धान भइरहेको जनाएको छ।
तथ्यपरक छानबिन सम्पन्न भई समितिको निष्कर्ष आएपछि मात्रै यस विषयमा विस्तृत विवरण र आधिकारिक जानकारी सर्वसाधारणका लागि सार्वजनिक गरिने प्रतिबद्धता समेत बुद्ध एयरले व्यक्त गरेको छ।






डिसी नेपाल





Facebook Comment