टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। टिपरको ठक्करबाट एक जना पैदलयात्रीको आज मृत्यु भएको छ। मोरङको केराबारी गाउँपालिका-५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडकमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख ६७९० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकी मगरको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
त्यसैगरी, सुनसरीको इनरूवा नगरपालिका-८ खोरियाटोलस्थित पुथौधारा खोलामा डुबेर सोही ठाउँका उपेन्द्र साहको छोरा १४ वर्षीय कृष्ण साहको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






डिसी नेपाल





Facebook Comment