नागढुङ्गा सुरुङमार्गमा दौड

डिसी नेपाल
२ साउन २०८३ १६:२०

काठमाडौं। सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ गरिएको छ।

नागढुङ्गा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले आज दौड तथा पदयात्रा गरिएको हो।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङमार्गको विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ प्रवर्द्धनात्मक कार्यक्रम गरिएको जानकारी दिए। नागढुङ्गा-नौबीसे सुरुङमार्गअन्तर्गत दुई हजार ६८८ मिटर लम्बाइ रहेको छ।​

शुरूआती ठेक्का सम्झौताअनुसार यो आयोजना सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो।

आयोजना निर्देशक नेपालले साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए। आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने नागढुङ्गा-नौबीसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्छन्।

आयोजनाका निर्देशक नेपालले नागढुङ्गा-नौबीसे सडकखण्डबाट भित्रिने र बाहिरिनेमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए।

आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुई पाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *