टेकुमा गोली चल्यो : एक भारतीय नागरिक घाइते, दुई पक्राउ
काठमाडौं । राजधानीको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिकै प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा गोली चलेको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।
लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलमा पुगेको ब्युरोको टोलीमाथि कारोबारीहरूले आक्रमणको प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको ब्युरोका एक उच्च अधिकारीले जानकारी दिए। उक्त घटनामा घाइते भएका भारतीय नागरिकलाई नियन्त्रणमा लिई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीले घाइतेसहित दुई जनालाई पक्राउ गरेको छ। घटनापछि घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ भने पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment