सुदूरपश्चिममा भारी वर्षाको सम्भावना : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अत्तरिया । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा आज बिहानैदेखि मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका अनुसार प्रदेशका हिमाली, पहाडी र तराईका सबैजसो भूभागमा वर्षा भइरहेको छ।
कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार पछिल्लो मापनअनुसार कञ्चनपुरको कान्तिपुर बेलौरीमा ७९.६ मिलिमिटर र अत्तरियामा १२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
हाल प्रदेशका नदीहरूमा पानीको बहाव चेतावनी तह आसपास पुगेको छ। पूर्वानुमानअनुसार आजभन्दा भोलि (सोमबार) वर्षाको मात्रा अझ बढ्ने सम्भावना रहेकाले नदी तथा खोलामा जलसतह एक्कासि बढ्न सक्ने देखिएको छ।
जल तथा मौसम विज्ञान कार्यालयले विशेष गरी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज राति पनि प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment