करेन्ट लागेर महिलाको मृत्यु
गोरखा । करेन्ट लागेर गोरखामा महिलाको मृत्यु भएको छ। आरुघाट गाउँपालिका-२ माथिल्लो कटुञ्जेकी ६५ वर्षीया धनकुमारी गुरुङको आइतबार साढे ३ बजे करेन्ट लागेर ज्यान गएको हो।
बाख्रा चराउन गएकी उनको मृत्यु भएको र पाँचवटा बाख्रा पनि मरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। माथिल्लो कटुञ्जेको पुनाचौतारास्थित रुखमा विद्युत् तार सर्ट भई करेन्ट प्रवाह भएको र सो पोलमा आगलागी हुँदा गुरुङको मृत्यु भएको प्रहरीको भनाइ छ।
करेन्ट लागेर बेहोस भएकी गुरुङलाई प्रहरी र स्थानीयवासीले उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको हो।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment