आज राति देशभर भारी वर्षाको सम्भावना : सतर्क रहन विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज राति देशभर वर्षाको सम्भावना रहेको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज राति हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ भने बागमती प्रदेशका सबै भूभाग र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।
यसका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका अधिकांश स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षा हुने सम्भावना छ।
भारी वर्षाका कारण नदीमा पानीको सतह बढ्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने उच्च जोखिम रहेकाले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।






डिसी नेपाल





Facebook Comment