बाजुरामा जिप दुर्घटना : चालकसहित ९ जना घाइते

डिसी नेपाल
४ साउन २०८३ १७:०६

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो करिब १:२५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल जिप खसेर भएको उक्त दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय चालक जनवीर बुढासहित ९ जना घाइते भएका हुन्।

यस्तै घाइते हुनेमा धर्मलाल बुढा, मिजरा बुढा तथा हुम्लाको ताजाकोट गाउँपालिका–५ का अम्मर सिंह बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र अन्दाजी ९ वर्षीया सुस्मा बुढा घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको सामान्य रहेको तथा सबैलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *