बाजुरामा जिप दुर्घटना : घाइतेमध्ये दुई जनाको मृत्यु

डिसी नेपाल
४ साउन २०८३ २२:१८

दाङ । बाजुरामा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परेर घाइते भएका ९ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

हिमाल गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा बेलुकी साढे ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

बाजुराको हिमाली गाउँपालिका–५ क्युडीको भित्री सडक खण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८१७ नम्बरको जिप दिउँसो सवा १ बजेतिर माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक २५ वर्षीय जनविर बुढा र २९ वर्षीया मिजरा बुढाको कोल्टी आधारभूत अस्पतालमै उपचार जारी छ। अन्य पाँच जना घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन र यस विषयमा अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *