वैदेशिक रोजगारीका नाममा १७ लाख ठगी गरेको आरोपमा पूजा माइतीघरबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो। वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
शाहीमाथि एक पीडितबाट बेलायत पठाइदिने भन्दै १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप छ। उनलाई नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment