सुनको मूल्य तोलामा १८ सयले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घट्दै ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा खरिद-बिक्री भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment