पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

डिसी नेपाल
२० साउन २०८३ ९:४३

चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान खसेको पहिरो पन्छाइएपछि यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ।

आज बिहान करिब ७ः०५ बजे सडकमाथिबाट खसेको पहिरोका कारण उक्त सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य तत्काल सुरु गरिएको र केही समयको प्रयासपछि सडक पूर्ण रूपमा खुलाइएको हो।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो पन्छाइएपछि अहिले नारायणगढ–मुग्लिन सडकमा दुवैतर्फबाट सवारीसाधन निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।

पहिरोका कारण केही समय सडकमा सवारीसाधनको लामो लाइन लागेको भए पनि सडक खुलेसँगै रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।

वर्षायाममा यस सडकखण्डमा पटक–पटक पहिरो खस्ने जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाएर मात्रै यात्रा गर्न सम्बन्धित निकायले चालक तथा यात्रुलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *