सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन र उनकी श्रीमतीले पाए सफाइ
चक्रे मिलन । फाइल फाेटाे।
काठमाडौं । अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप खेपिरहेका मिलन गुरुङ (चक्रे मिलन) र उनकी श्रीमती इन्दिरा घले गुरुङले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले यसअघि विशेष अदालतले सुनाएको फैसलालाई नै सदर गर्दै उनीहरूलाई सफाइ दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि गैरकानुनी रूपमा ७ करोड ८ लाख रुपैयाँ सम्पत्ति कमाएको दाबीसहित मुद्दा दायर गरेको थियो। यसअघि १० माघ २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिने फैसला सुनाएको थियो।
विशेष अदालतको सोही फैसलाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन (अपिल) दायर गरेको थियो, जसलाई सर्वोच्चले खारेज गर्दै प्रतिवादीहरूको पक्षमा फैसला सुनाएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment