नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : १५औं महाधिवेशन र समसामयिक राजनीतिमाथि छलफल

डिसी नेपाल
२४ साउन २०८३ १४:४६

काठमाडौं। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल भइरहेको छ।

कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार बैठकमा १५औं महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका निर्माण, र क्रियाशील सदस्यता अद्यावधिक एवं वितरणका विषयलाई प्राथमिकताका साथ एजेन्डा बनाइएको छ।

यसका साथै महाधिवेशन तयारी समिति गठन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्ने प्रस्तावसमेत बैठकमा पेस गरिएको छ।

बैठकमा महाधिवेशनको आन्तरिक तयारीका अलावा समसामयिक राजनीतिक घटनाक्रममाथि पनि गहन मन्थन हुनेछ। पछिल्लो समय तराई-मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, बालेन शाह नेतृत्वको सरकारको कामकारबाही तथा प्रदर्शन, विपक्षी दलको रूपमा कांग्रेसको भूमिका, र प्रदेश सरकारहरूका विषयमा छलफल हुने बताइएको छ।

साथै पार्टीका भ्रातृ संस्थाहरूको विधान र साङ्गठनिक सुदृढीकरणका मुद्दामा समेत छलफल गरी आवश्यक निर्णय लिइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *