पाँच महिनापछि स्वदेश फर्किए देउवा

डिसी नेपाल
२८ साउन २०८३ १३:०७

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनाको वैदेशिक बसाइपछि स्वदेश फर्किएका छन्।

स्वास्थ्य उपचारका लागि भन्दै गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी धर्मपत्नी आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गरेका देउवा बिहीबार काठमाडौं आइपुगेका हुन्।

देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता-कार्यकर्ताहरूले बाजागाजा र झाँकीसहित उनको भव्य स्वागत गरेका छन्।

काठमाडौँमा जारी संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू पनि देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए।

विमानस्थल परिसरमा भेला भएका कार्यकर्ताहरूले देउवाको समर्थनमा नाराबाजी गर्दै स्वागत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *