सिंगापुरबाट फर्किए पूर्वप्रधानमन्त्री देउवा, विमानस्थलमा भव्य स्वागत (तस्बिर)

डिसी नेपाल
२८ साउन २०८३ १३:२१

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिना लामो वैदेशिक बसाइपछि स्वदेश फर्किएका छन्।

स्वास्थ्य उपचारको सिलसिलामा गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी धर्मपत्नी आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गरेका देउवा बिहीबार काठमाडौँ आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका देउवालाई काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले बाजागाजा र साँस्कृतिक झाँकीसहित भव्य स्वागत गरेका छन्। काठमाडौँमा जारी पार्टीको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा भाग लिन विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूसमेत उनको स्वागतका लागि विमानस्थल पुगेका थिए।

विमानस्थल परिसरमा उपस्थित ठूलो सङ्ख्याका कार्यकर्ताहरूले देउवाको समर्थनमा नाराबाजी गर्दै स्वागत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *