ऊर्जामन्त्री श्रेष्ठद्वारा थप तीन नयाँ सल्लाहकार नियुक्त

डिसी नेपाल
२८ साउन २०८३ १९:१६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकारहरू नियुक्त गरेका हुन्।

मन्त्रालयका अनुसार आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रसम्बन्धी सल्लाहकारमा नियुक्त गरिएको छ। यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए।

नयाँ नियुक्तसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी, र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना विशेषज्ञहरू समेटिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *