आज तीन संसदीय समितिका बैठक बस्दै: परराष्ट्र र मानव अधिकारका विषयमा छलफल हुने

डिसी नेपाल
२९ साउन २०८३ ७:२८

काठमाडौं। संघीय संसद अन्तर्गत आज तीन वटा महत्वपूर्ण संसदीय समितिका बैठकहरू बस्दै छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज छुट्टाछुट्टै समयमा बस्न लागेको हो।

आज बिहान १०:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र सुझाव संकलन गर्ने कार्यसूची छ।

यसका साथै बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिले पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने विषयमा पनि गहन छलफल हुनेछ।

यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा देशमा मानव अधिकारको वर्तमान अवस्था र राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेका विभिन्न प्रतिवेदनहरूको कार्यान्वयनको स्थितिबारे छलफल गरिनेछ।

दिउँसो २:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने परराष्ट्र मामिलासँग सम्बन्धित समसामयिक विषयमा क्षेत्रगत विज्ञहरूसँग छलफल र परामर्श गर्ने कार्यसूची तय गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *