कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुकेधारामा जारी

डिसी नेपाल
३१ साउन २०८३ ११:१२

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह (संस्थापन पक्ष) को राष्ट्रिय भेला आज दोस्रो दिन पनि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको यो भेला आज बिहान ११:०० बजेबाट पुनः प्रारम्भ हुने कार्यक्रम छ।

प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भोलि साउन ३१ गतेसम्म सञ्चालन हुने यस भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन्।

पाँच महिनाको विदेश बसाइपछि बिहीबार नै स्वदेश फर्किएका निवर्तमान सभापति देउवा भेलामा सहभागी भएपछि संस्थापन पक्षका नेता-कार्यकर्तामा थप उत्साह देखिएको छ।

नेपाली कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले हालै पुनरवलोकन (Review) को अनुमति दिएपछि देउवा समूह कानुन र राजनीति दुवै मोर्चामा रणनीति बनाउन सक्रिय भएको हो।

भेलालाई प्रभावकारी र व्यवस्थित बनाउन सहभागी प्रत्येक प्रतिनिधिलाई आफ्ना धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ। साथै, साउन ३१ सम्म चल्ने यो तीन दिने राष्ट्रिय भेलाले संगठन, नीति तथा भावी रणनीतिका लागि कम्तीमा १४ वटा विभिन्न उपसमितिहरू चयन गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *