एमालेका किरण थापाले जुटाए बागमतीको मुख्यमन्त्रीका लागि बहुमत, प्रदेश प्रमुखसमक्ष दाबी पेश

डिसी नेपाल
३ भदौ २०८३ १४:४१

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेश सभा सदस्य किरण थापा मगरले आफ्नो दाबी पेस गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि उनले ६३ जना प्रदेश सभा सदस्यहरूको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापालाई एमालेका २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ गरी कुल ६३ सांसदको समर्थन प्राप्त भएको छ।

यसअघि नै नेकपा (एमाले) र नेकपाबिच भएको सहमति अनुसार प्रदेश सरकारको भागबण्डा तय भइसकेको थियो। सुरुमा सरकार गठनको प्रक्रियामा सहभागी नहुने जनाएको राप्रपाले अन्तिम समयमा समर्थन गरेपछि थापाले स्पष्ट बहुमतका साथ दाबी पेस गरेका हुन् ।

कूल १०४ सदस्य रहेको बागमती प्रदेश सभामा नयाँ सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्नेमा थापाले बहुमतका लागि चाहिनेभन्दा ९ सिट बढी जुटाएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *