रास्वपाद्वारा बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन

डिसी नेपाल
३ भदौ २०८३ १४:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ। सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरूलाई एकै स्थानमा राखेर संसदीय मर्यादा र कार्यशैलीबारे छलफल गरेलगत्तै यो कार्यदल बनाइएको हो।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार, पार्टीको संसदीय दलको विधानलाई आवश्यकता अनुसार संशोधन गर्न मुख्य सचेतकको नेतृत्वमा कार्यदल बनाइएको हो।

गगठित उक्त कार्यदललाई आगामी सात दिनभित्र विधान संशोधन गरी आवश्यक कार्यविधि तयार पार्ने जिम्मेवारी दिइएको छ।

संसद्मा सांसदहरूको उपस्थिति, सदनको मर्यादाको पालना, जनउत्तरदायित्व, विपक्षी दलका आवाज र कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी तथा सशक्त बनाउने विषयलाई विधान संशोधनको मुख्य आधार बनाइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *