देवानगञ्ज घटना : गैरजिम्मेवार राज्य, मानव हुन नसकेका मान्छे
पहेँलो रंग खुसी, आशा, ऊर्जा, ज्ञान, बुद्धि र समृद्धिको प्रतीक हो। नेपालका लागि पहेँला धान र गहुँका बाला लहरिने मधेश प्रदेश पनि खुसी, आशा, ऊर्जा, ज्ञान, बुद्धि र समृद्धिको प्रतीक नै हो। तर, विभिन्न बहानामा बेला–बखत मधेशलाई असान्त पार्ने खेल वर्षौंदेखि हुँदै आएको छ। शान्त मधेशका जनतालाई विग्रहित र खण्डित बनाउन अशान्तिका बाछिटा फ्याक्ने काम भइरहनु दुखद हो। यसको पछिल्लो उदाहरण केहीदिन पहिले सुनसरीको देवानगन्जबाट सुरु भएको साम्प्रदायिक घटनालाई लिन सकिन्छ।
देवानगञ्ज गाउँपालिका सुनसरीको सबैभन्दा दक्षिणमा पर्छ। पालिकाको दक्षिणमा भारतको फुलकाहा बजार पुग्न जम्मा दुई किलोमिटर छ। २०७८ को राष्ट्रिय जनगणना अनुसार देवानगञ्जमा ३९ हजार ३ सय ६७ जनसंख्या मेहता (कुशवाहा) जातिको उल्लेख्य जनसंख्या रहेको छ। यहाँ यादव, मुसलमान, गडेरी, मुसहर, उराँव, धानुक, मलाह, वाँतर, भगत र कलबार, तत्मा, पासवान, सुडी, थारु, तेली, नेवारलगायत करिब ४५ जातजातीको बसोवास छ। १० वटा भाषा बोलिने यो पालिकामा मुख्य रूपमा हिन्दु र त्यसपछि ईस्लाम धर्मावलम्बीहरूको बाहुल्य छ।
समग्रमा हेर्दा यो पालिका विभिन्न जातजाति, भाषाभाषि, धर्म, संस्कृति भएका मानिसहरूको बसोबास रहेको सुन्दर फूलबारी हो। जुन फूलबारीमा आफ्नै अस्तित्व बाकेका सामाजिक र धार्मिक मूल्य, मान्यताहरू महकता छरिरहेका हुन्छन्। तर, यही पालिकामा जे घटना घट्यो, त्यसले सिंगो देशलाई स्तब्ध बनाइ दियो। देवानगञ्ज–३ को कप्तानगञ्जस्थित शिव मन्दिरआसपास घटनाको सुरुवात भएको हो। कप्तानगञ्ज भारतीय सीमाबाट डेढ किलोमिटर मात्रै दूरीमा छ। कप्तानगञ्जमा बेला बखतमा धार्मिक तथा सांस्कृतिक मेला भइरहेका हुन्छन्। तराईमा हिन्दु धर्मावलम्बीले बोलबमलाई साउन महिनाभर भगवान् शिवप्रति आस्था व्यक्त गर्दै मनाउँछन्। उनीहरूले सप्तकोशीको जल ल्याएर शिव मन्दिरमा चढाउने गर्छन्।
अर्को दिन सोमबार भएकाले आइतबार साँझ सप्तकोशीको जल लिन एउटा समूह यात्रामा निस्कने तयारीमा थियो। त्यहाँ ठूलो आवाजमा डिजे बनाइएको थियो। साउनको चर्को गर्मीमा बत्ति गएको थियो। अर्को पक्षका केही युवा घरबाहरि निस्केका थिए। सुत्ने बेला आफूहरूको घरटोलतिर माइक फर्काएर नियतवश डिस्टर्ब गर्न खोजेको भन्दै उनीहरूले डिजे माइक साउन्ड बन्द गर्न आग्रह गरे। सामान्य विवादले त्यहाँ खटिएका प्रहरीकै अगाडि उग्र रुप लियो। दुई समूहबीच हानाहानको स्थिति सिर्जना भयो। प्रहरीको सक्रियतामा डिजे साउन्ड बन्द गर्न लगाउने समूह फर्कियो। तर, डिजे बजाउने टोली आक्रोसित बन्यो। उनीहरू र प्रहरीबीच नै झडपको अवस्था सिर्जना भयो। प्रहरी हवाइ फाएरकै अवस्थामा पुग्यो। एकैछिन अगाडि उत्सवमय बनेको देवानगञ्ज एकैछिनमा रणमैदानमा परिणत भयो।
अवस्था भयाबह बनेपछि सरकारले स्थिति नियन्त्रण लिन तत्काल प्रयास गर्नु पर्ने थियो। त्यो पनि सकेन। मधेसमा साम्प्रदायिक द्वन्द्व पहिलो पटक भने भएको होइन, यसअघि पनि थुप्रै पटक यस्तै प्रकृतिका घटना घटेका छन्। तर, सरकार मधेशका विषयमा कहिले गम्भीर देखिँदैन। यतिबेला त देशको प्रधानमन्त्री पनि मधेशले नै जन्माएको पुत्र छन्। तर, उनीमा पनि गाम्भिर्यता देखिएन। द्वन्द्व निकैअघि बढेपछि मात्र सरकार गम्भीर बन्यो। यसअघि रौतहटको ‘गाई काण्ड’ नामले परिचित घटना वि.सं. २०२७/२८ पञ्चायती व्यवस्थाको समयमा भएको थियो। रौतहट जिल्लामा मुसलमान समुदायले गाई काटेको हल्ला फैलिाएसँगै उक्त घटना घटेको थियो। त्यो घटना ‘गाई काण्ड’ले परिचित छ।
प्रकृतिको नियमले हामी सबैलाई दुई हात, दुई खुट्टा, आँखा, नाक र एक सुन्दर मानव शरीर दिएको छ। तर, केबल शारीरिक रूप वा आकारप्रकारले मात्र कोही वास्तविक अर्थमा ‘मानिस’ बन्न सक्दैन। मानिस बन्नका लागि केवल बाहिरी स्वरुप पर्याप्त हुँदैन, भित्रि मनमा मानवीय चेतना, विवेक र अर्काको पीडा बुझ्ने संवेदना हुनु अनिवार्य छ।
त्यसपछि वि.सं. २०६३ पुस १० र ११ गते नेपालगञ्जमा दंगा भयो। नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)ले अन्तरिम संविधानको विरोधमा तराई बन्द गर्यो। बन्द क्रममा सवारी साधन तोडफोड भएपछि स्थानीय रूपमा पहाडी र मधेसी समुदायबीच तनाव बढ्यो। उक्त घटना यति उग्र बन्योकि एक युवकले ज्यान गुमाउनुका साथै २६ जना घाइते भए। स्थानीय प्रशासनले कफ्यू आदेश जारी गर्यो। पछि आक्रमणको मुख्य निशानामा मुस्लिम समुदायका बजार, पसल र मस्जिदहरू परे। वि.सं. २०६४ भदौ ३० देखि असोज ४ गतेसम्म कपिलवस्तुको चन्द्रौटामा ठूलो साम्प्रदायिक हिंसा सिर्जना भयो। स्थानीय मुस्लिम नेता मोहित खानको हत्यापछि त्यहाँ द्वन्द्व सिर्जना भएको थियो। भदौ ३० गते बालपुरमा अज्ञात बन्दुकधारी समूहले उनको गोली हानी हत्या गरिदियो। खानका समर्थकले उनको हत्यको आक्रोशमा पर्वते समुदायको सम्पत्तिमाथि आक्रमण गरेका थिए। उक्त हिंसा साम्प्रदायिक द्वन्द्वमा परिणत हुँदा १४ जनाले ज्यान गुमाए।
मानवीयताको खोजी र धार्मिक सहिष्णुता
माथिका त केही प्रतिनिधि उदाहरण मात्र हुन्। यसरी साम्प्रदायिक हिंसा नेपालमा थुप्रै पटक घटेको छ। यस्तो हुनुको एउटै कारण हो– मानवीय चेतनाको अभाव। नेपाल र नेपाली समाजले सधैँ गर्व गर्ने विषय धार्मिक तथा सांस्कृतिक विविधता तथा आपसी सहिष्णुता हो। यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू शताब्दीऔंदेखि हातेमालो गर्दै एकै आँगनमा बस्दै आएका छन्। तर, पछिल्लो समय घटेका घटनाले हाम्रो गौरवशाली सामाजिक सद्भावमा आँच पुर्याउने प्रयत्न गरिरहेका छन्। त्यसैले देवानगञ्ज घटनालाई जोडेर दुई समुदाय वा धर्मबीच द्वन्द्वको बीउ रोप्नु वा यसलाई साम्प्रदायिक रंग दिनु हुँदैन। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रतिवद्धता व्यक्त गर्नु पर्दछ। यस्ता हिंसामा जसले ज्यान गुमाए पनि नेपाली दाजुभाइकै ज्यान जाने हो। जसको कोख रित्तिए पनि नेपाली आमाकै कोख रित्तिने हो। यस्ता घटनाहरूले कुनै पनि समस्याको समाधान गर्दैनन्, उल्टै समाजमा अनावश्यक तिक्तता, डर र अविश्वास मात्रै फैलाउँछन्।
अर्को कुरा कुनै पनि समाजमा धर्म वा जातको नाममा हुने हिंसा वा विवादहरू स्वतः उत्पन्न हुँदैनन्। यसका पछाडि हाम्रो चेतनाको कमी, संकुचित सोच र स्वार्थी तत्वको उक्साहट मुख्य रूपमा जिम्मेवार हुन्छ। जब मानिसमा विवेक र चेतनाको दायरा साँघुरिन्छ, तब उसले सत्य र असत्य छुट्याउने क्षमता गुमाउँछ। इतिहास र शास्त्र साक्षी छन्, संसारको कुनै पनि धर्मले अर्को धर्मलाई हेला गर्न, घृणा गर्न वा हिंसा फैलाउन सिकाउँदैन। विश्वका सबै प्रमुख धर्महरूको मूल मन्त्र भनेको नै शान्ति, प्रेम, करुणा, मानव कल्याण र बन्धुत्व हो। तर, धर्मको वास्तविक मर्म बुझ्न नसक्दा वा यसलाई राजनीतिक तथा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दा यस्ता दुर्भाग्यपूर्ण घटनाहरू घट्ने गरेका छन्।
प्रकृतिको नियमले हामी सबैलाई दुई हात, दुई खुट्टा, आँखा, नाक र एक सुन्दर मानव शरीर दिएको छ। तर, केबल शारीरिक रूप वा आकारप्रकारले मात्र कोही वास्तविक अर्थमा ‘मानिस’ बन्न सक्दैन। मानिस बन्नका लागि केवल बाहिरी स्वरुप पर्याप्त हुँदैन, भित्रि मनमा मानवीय चेतना, विवेक र अर्काको पीडा बुझ्ने संवेदना हुनु अनिवार्य छ। जुन दिन मानिसले आफ्नो स्वार्थका लागि अर्कोको ज्यान लिन वा घृणा फैलाउन तयार हुन्छ, त्यो दिन उसको मानवता मरिसकेको हुन्छ। ढुंगे युगको क्रूरताबाट यहाँसम्म आइपुग्दा हामीले विज्ञान र प्रविधिमा फड्को मारे पनि चेतनाको स्तरमा अझै परिपक्व बन्न बाँकी नै छ भन्ने कुरा यस्ता घटनाहरूले सम्झाउँछन्।
हामी जुन शरीरमा बाँचिरहेका छौं, त्यो माटो, हावा, पानी र पञ्चतत्वबाट बनेको छ। जात, धर्म, लिङ्ग, वर्ण वा भूगोल जस्तोसुकै भए पनि सबै मानिसको शरीरमा बग्ने रगतको रङ रातो नै हुन्छ। जन्म र मृत्युको शाश्वत सत्य सबैका लागि समान छ। कसैको पनि जन्म कुनै विशेष रङको रगत लिएर भएको हुँदैन। यदि चोट लाग्दा सबैको रगत रातो नै बग्छ भने, दुस्मन वा आफ्ना भनेर गरिने विभेदको आधार के हो ? धर्म र जातको पर्खाल मानिस आफैँले बनाएका कृत्रिम घेराहरू हुन्, जसलाई प्रेम र सद्भावको शक्तिले सजिलै भत्काउन सकिन्छ। त्यसैले आजको आवश्यकता भनेको कुनै पनि घटनामा उत्तेजित हुनु होइन, गहिरिएर सोच्नु र विवेक पुर्याउनु हो। कसैको बहकाव वा आवेगमा आएर आफ्नो छिमेकीसँगको सम्बन्ध बिगार, समाजमा आगो बाल्नु बुद्धिमत्ता होइन। त्यसैले, वाद र विवादभन्दा माथि उठेर हामीले सोच्ने बेला आएको छ- पहिला हामी असल मान्छे बन्न सिकौं। अर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्न जानौं। कुनै पनि समस्याको समाधान हिंसा वा प्रतिशोधबाट होइन, आपसी संवाद, कानुनको पालना र संयमताबाट मात्र सम्भव छ। देवानगञ्ज घटनाबाट पाठ सिकेर हामी सबैले आपसी सद्भाव, मेलमिलाप र भाइचाराको सन्देश फैलाउनुपर्छ। हाम्रो सुन्दर र विविधतायुक्त समाजलाई जोगाउने दायित्व हामी प्रत्येक नागरिकको हो।
सरकारको चरम दमन र कमजोरी
तर, कफ्र्युमा पनि नेपाली सेना परिचालन भयो र कफ्र्यु हुँदाहुँदै पनि नेपाल प्रहरी, एपीएफ तथा सेनाको आँखा अगाडि त्यत्रो निर्दाेष नेपाली मुस्लिमको घर, धार्मिक स्थलमाथि आगजनी, तोडफोड भयो। निर्दाेष व्यक्तिहरूलाई कुटपिट गरियो। त्यहीँ दिन हामीले बुझिसकेका थियौं, यो सरकार, नियम कानुनले होइन, मास र पपुलेसनको हिसाबले चलिरहेको छ। जबसम्म सरकार कानुन नियमभन्दा बढी जनदबाबमा काम गर्छ तबसम्म अल्पसंख्यक, निमुखा तथा पछि परेका वर्ग सधैँ दविएर वा शोषित भएर बस्नुपर्ने बाध्यता रहन्छ। कानुनको पालना गर्दै यो समस्याको हल गर्ने प्रमुख दायित्व सरकारको नै हो।
सुनसरी र सिरहामा भएको उक्त हिंसात्मक घटनाको वास्तविक अवस्था अध्ययन गर्न गठित छुट्टाछुट्टै छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गरेका छन्। छानबिन समितिको अध्ययनले सुरक्षाकर्मीको गोली लागेर नै मृत्यु भएको निष्कर्ष निकालेको छ। सामान्य घटनालाई समाम्य पार्नु पर्नेमा निर्दोष जनताको छातिमा ताकिताकि राज्यबाटै गोली चलाएको घटनाको जिम्मा राज्यले नै लिने कि कसले लिने ? हाम्रो मनमा यो अहम प्रश्न बनेर बसेको छ। वर्षौंदेखि देवानगञ्जमा कुनै ठूलो विवादबिना हिन्दू–मुस्लिम समुदाय मिलेर बस्दै आएको थियो। तर, सामान्य विवादमा अचानक चलेको सरकारको गोलीले हिन्दू–मुस्लिमबीच तनाव र झडपको अवस्था सिर्जना गरिदिएको हो। यो सत्यलाई नकार्न मिल्दैन।
नेपालमा ५.६ प्रतिशत मुस्लिम समुदायको जनसंख्या छ। जनासुकै प्रतिनिधित्व गर्दा पनि त्यो समूदायको सहभागिता ५.६ नै हुने हो। त्यसैले मुसलमान कहिले नेपालको हिन्दु राज्यको पक्षमा पनि थिएनन्, विपक्षमा पनि थिएनन्। आज पनि छैनन्, भोली पनि हुँदैनन्। तर, आफ्नो अधिकार संविधान र राज्यमा स्थापित गर्न संघर्ष गर्नै पर्ने थियो। अधिकार प्राप्तिका लागि राज्यमा संघर्ष गरियो। तर, साम्प्रदायिक हिंसा सिर्जना गर्न मुस्लिम कहिले चाहदैनन्।
यही मौकामा राजनीतिक स्वार्थका लागि धमिलो पानीमा माछामार्न खोज्ने तत्व सक्रिय भए। उनीहरूले सामाजिक सद्भावलाई थप विगार्ने र धमिल्याउने काम गरे। बाहिरबाट गोली चलाएको आरोपसम्म लाग्यो। तर, सरकारी छानविन समितिले नै दूधको दूध र पानीको पानी छुट्याइ दिएको छ। धर्मको नाममा आम नागरिकलाई एक–अर्काविरुद्ध उभ्याएर राजनीतिक रोटी सेक्ने प्रवृत्तिले अन्ततः क्षति जनताकै हुन्छ। दोषी जोसुकै होस्, निष्पक्ष छानबिन, सत्यतथ्यको सार्वजनिकरण र दोषीमाथि कानुनी कारबाही हुनुपर्छ। यो हाम्रो राज्यसामू जोडदार माग पनि हो। हामीले वर्षौंदेखि जोगाउँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव कुनै पनि राजनीतिक स्वार्थका कारण टुट्नु हुँदैन। यसमा सबैलाई सचेत हुन पनि म आग्रह गर्दछु।
दंगाको नाम नदिउ
हामीले यस्ता घटनालाई दंगा भन्नु हुँदैन। साम्प्रदायीक द्वन्द्व भन्नुपर्छ। यसलाई केही तत्वले दंगाको रुप दिन खोजेका थिए। तर, उनीहरू विफल भए। देवानगञ्जको घटनालाई हेर्दा पूरा भारतको प्रभाव परेको मेरो बुझाई छ। भारतीय प्रभाव परे पनि त्यहाँको सरकारको प्रभाव भने होइन। यस घटनलाई सरकारी करण गर्नु हुँदैन। केही मानिसले आफ्नो व्यक्तिगत फाइदाका लागि यो घटना घटाएका हुन्। मुस्लिम त अल्पसंख्यक छ। यस्तो समुदायलाई कहिले पनि अपहेलित गर्नु हुँदैन। सानो संख्यामा रहेको उक्त समूदायलाई अपेहेलित गरेर कसैलाई पनि फाइँदा हुँदैन।
नेपालमा ५.६ प्रतिशत मुस्लिम समुदायको जनसंख्या छ। जनासुकै प्रतिनिधित्व गर्दा पनि त्यो समूदायको सहभागिता ५.६ नै हुने हो। त्यसैले मुसलमान कहिले नेपालको हिन्दु राज्यको पक्षमा पनि थिएनन्, विपक्षमा पनि थिएनन्। आज पनि छैनन्, भोली पनि हुँदैनन्। तर, आफ्नो अधिकार संविधान र राज्यमा स्थापित गर्न संघर्ष गर्नै पर्ने थियो। अधिकार प्राप्तिका लागि राज्यमा संघर्ष गरियो। तर, साम्प्रदायिक हिंसा सिर्जना गर्न मुस्लिम कहिले चाहदैनन्। अहिले सरकार पनि पूरा फेल भएको जस्तो देखिन्छ। उनीहरू पनि यस्ता घटनालाई बढावा दिएर आफ्ना कमजोरी लुकाउन खोजिरहेका छन्। हाम्रो समुदायले घटनाको सत्यतथ्य छानविन गरेर दोषिमाथि कडाभन्दा कडा कारबाही होस् भन्ने माग रहेको छ।
देवानगञ्ज घटनालाई शान्त पार्नु पर्नेमा प्रहरीले गोली चलाउनु र त्यहाँबाट निर्वाचित सांसद् लालविक्रम थापाले प्रहरीले गोली चलाएको हो भन्नुले पनि त्यस कुराको पुष्टि गर्दछ। सिडियोको सेना परिचालनको आदेशसहितको विज्ञप्ति आउनुले पनि सरकार चरम दमनमा केन्द्रित भएको पुष्टि हुन्छ। म थोरै मद्रसा शिक्षाको चर्चा गर्न चाहन्छु, मदरसा शिक्षा अंग्रेजहरूले चलाएका हुन्। त्यतिबेला भारतको राजधानी दिल्लीमा पनि राजधानी थिएन। कलकत्तामा राजधानी थियो। त्यहीबाट मदरसा शिक्षा प्रारम्भ भएको हो। त्यहाँको मदरसा विश्वविद्यालय भइसक्यो। त्यहाँको मदरासामा बढेका राजेन्द्र प्रदाप भारतको पहिलो राष्ट्रपति बने। अब्दुल कलाम आजातले पनि त्यहीबाट अध्ययन गरेका हुन्।
मदर्सामा गलत कुरा पढाइ हुँदैन। नेपाली, अंग्रेजी, गणित, विज्ञान नै पढाइ हुने हो। ऐक्षिकमा उर्दू र अरबी भाषा थपिएको हुन्छ। यो भाषा त सबै स्कुलमा लागू गर्दा पनि राम्रो हुन्छ। नेपालका कामदार खाडी मुलुकमा छन्। ती मानिसलाई भाषाको समस्या छ। नेपालबाटै त्यो शिक्षा लिएर जाँदा सहज रुपमा काम गर्ने वातावरण हुन्छ र राम्रो कमाइ गर्न सकिन्छ। त्यसैले सरकारले जसरी गुरुकुल शिक्षा, संस्कृत, गुम्बालाई जोगाएर राखेको छ, त्यसरी नै मदरसा शिक्षालाई पनि जोगाउनुपर्छ।
हामीले मस्जिदहरू आफैँले चन्दा दिएर निर्माण गरेका छौं। हामीले सरकारलाई कर तिरिरहेका छौं। राज्यमा बसेर गलत काम गरेका छैनौं। त्यसैले सरकारले हामीमाथि विभेद गर्नु हुँदैन। राज्यबाटै विभेद् हुँदा नै साम्प्रदायिक हिंसाको अवस्था सिर्जना हुने हो। यतिबेला मस्जिद जलेको संसारले हेरिरहेको छ। यस्तो अवस्थामा खाडी मुलुकमा नेपालीले रोजगारी गुमाउने जोखिम रहन्छ। देश विभिन्न चुनौति पार गर्दै संघीयता र धर्म निरपेक्षताको अवस्थामा पुगेको छ। यसको संस्थागत विकास गर्दै मुलुकमा समृद्धि हासिल गर्नु आजको आवस्यकता हो। त्यसैले कोही पनि विभक्त नभइकन एकतावद्ध भएर नयाँ नेपाल निर्माणमा जुटौं।
(लेखक नेकपा एमालेका नेता हुन्।)
No ads found for this position


Facebook Comment