दाङमा यात्रुबाहक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

डिसी नेपाल
४ भदौ २०८३ १६:३५

दाङ। दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै भालुवाङ–प्युठान पक्की सडकखण्डमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको जिल्ला प्युठान, स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको जिल्ला अर्घाखाँची, सितगंगा नगरपालिका–८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएको रा.४ प ५८३६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटीको पछाडि सवार जिल्ला अर्घाखाँची, सितगंगा नगरपालिका–८, लापे निवासी ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *