बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
थापाले नेकपा र राप्रपासहितका ६३ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
राप्रपाले थापालाई गरेको समर्थनको विषयमा पार्टीमा विवाद हुदा राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ।
राप्रपाले प्रदेश प्रमुखलाई संसदीय दलले पार्टीको निर्णय विपरित गरेर पत्र दिएको भन्दै अर्को पत्र बुझाएको भए पनि प्रदेश प्रमुखले त्यसलाई नजरअन्दाज गर्दै मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment