नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ तथा पदबहाली
काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन्।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ लिएका हुन्। नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन्। शपथ समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए।
उनी २०६८ मा उपनिर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १५ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। कार्यकारी निर्देशक बनेपछि उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment