शंखमुलको होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
५ भदौ २०८३ १३:४५

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्।

प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए। घटनामा टाउको र घाँटीमा गम्भीर चोट लागेपछि कालाथोकीलाई तत्काल उपचारका लागि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा उनको अवस्था गम्भीर रहेको थियो। गम्भिर अवस्था अस्पताल पुर्याएका कालाथोकीलाई चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अर्का आरोपित प्रमित पटेल भने घटनापछि फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

होस्टलमा भएको झगडा के कारणले सुरु भएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत कारण र संलग्न अन्य व्यक्तिबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *