प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

डिसी नेपाल
८ भदौ २०८३ १४:४६

काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति सिग्देलले पदोन्नति भएका दुवै उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। कार्यक्रममा रञ्जित थापालाई पिएचडी उपाधिसहित उपरथीमा पदोन्नति गरिएको जनाइएको छ।

त्यसैगरी, प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन्। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पदोन्नति भएका अधिकृतहरूलाई कार्यक्रममा नयाँ दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी तथा सम्बन्धित अधिकृतहरूको उपस्थिति रहेको थियो। पदोन्नतिसँगै उनीहरूलाई थप जिम्मेवारी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *