परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता

डिसी नेपाल
८ भदौ २०८३ १७:४३

काठमाडौं। परराष्ट्र सचिव अमृतबहादुर राईले आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्रमन्त्री शिशिर खनालसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने, निर्धारित लक्ष्य हासिल गर्ने र प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित सम्झौता गरिएको हो।

कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख, महानिर्देशक तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशकले पनि परराष्ट्र सचिव राईसँग आ–आफ्नो वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *