त्रिशूली ३ए सुरुङमा हावा पठाउन थालिएको छ : गृहमन्त्री गुरुङ
काठमाडौं । रसुवा र नुवाकोटको सिमानामा रहेको त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मजदुर तथा कर्मचारीहरूको उद्धार कार्यमा सरकारले तीव्रता दिएको छ।
गृहमन्त्री सुदन गुरुङका अनुसार उद्धार टोली सुरुङको माथिल्लो भाग (क्रोन)सम्म पुग्न सफल भएको छ।
सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाएर भित्र थुनिएका नागरिकहरूका लागि हावा (अक्सिजन) पठाउन सुरु गरिसकिएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्। उनका अनुसार हावा पठाउने कार्य सुरु भएसँगै अब सुरुङ खन्ने काम तीव्र पारिने र उद्धार टोलीलाई समेत सोही बाटो हुँदै सुरुङभित्र प्रवेश गराइने तयारी भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment