हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
काठमाडौं । नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
दुबईमा व्यवसाय गरिरहेका पुडासैनी नेपाल आएर ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा नेपाल आएर उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
देश विपत्तिमा परेका बेला विदेशमा चुप लागेर बस्न नसकेको बताउँदै पुडासैनीले आफ्नो तर्फबाट मातृभूमिका लागि सहयोग गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।
‘विदेशमा बसे पनि मेरो मन नेपालमै छ । देश रोइरहेको बेला म त्यहाँ चुप लागेर बस्न सकिनँ। आफ्नो तर्फबाट सहयोग गर्न पाउनु मातृभूमिप्रतिको गुण तिर्ने एउटा प्रयास हो,’ उनले भने । उनले विदेशमा रहेका नेपालीलाई पनि विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे ।
‘देशलाई समस्या परेको बेला हामी जहाँ भए पनि एकजुट हुनुपर्छ । विदेशमा रहेका नेपालीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,’ उनले भने ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment