ओलम्पिक टेनिस च्याम्पियन झेङ किनवेनद्वारा बाढीपीडितका लागि १ मिलियन युआन सहयोग

डिसी नेपाल
१६ भदौ २०८३ १६:३३

काठमाडौं । ओलम्पिक टेनिस च्याम्पियन झेङ किनवेनले चीन-नेपाल सीमा क्षेत्रमा भीषण बाढी र पहिरोपछि सञ्चालित राहत कार्यका लागि १० लाख चिनियाँ युआन (करिब २ करोड २५ लाख रूपैयाँ) सहयोग गरेकी छन्।

२३ वर्षीया झेङ चीनकी सर्वाधिक सफल र चर्चित खेलकुद स्टारहरूमध्ये एक हुन्। उनले सन् २०२५ मा तिब्बतमा गएको भूकम्पपछि पनि यस्तै रकम सहयोग गरेकी थिइन्।

“उहाँ (झेङ) ले राहत कार्यको प्रगतिलाई नजिकबाट नियाल्नुहुनेछ र विपद् प्रभावित क्षेत्रका नागरिकहरूले चाँडै कठिनाइहरू पार गर्दै आफ्ना घरहरू पुननिर्माण गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ,” चाइना च्यारिटी फेडरेसनसँग सम्बद्ध सामाजिक सञ्जाल एकाउन्टले जनाएको छ।

गत हप्ता चीनको तिब्बत र नेपालको सीमा क्षेत्रबाट आएको सुनामी जस्तै भीषण हिमताल बाढीका कारण हालसम्म ४,५०० भन्दा बढी मानिस बेपत्ता छन् भने १,००० भन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ।

पेरिस ओलम्पिक २०२४ मा महिला एकलतर्फ स्वर्ण पदक जितेकी झेङ हाल युएस ओपनमा प्रतिस्पर्धा गरिरहेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *