बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित, खोजी र उद्धार तीव्र पार्न सरकारलाई निर्देशन
काठमाडौं। प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो।
प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए।
आजको प्रतिनिधि सभाको बैठकमा बाढीमा परेर निधन भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment