कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

डिसी नेपाल
१७ भदौ २०८३ १७:२२

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आगामी शनिबार दिउँसो १ बजे बैठक बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद्का विषयमा छलफल हुने भएको छ। साथै, पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *