भोटेकोशी बाढी: रसुवाबाट १३३ शव संकलन, जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

डिसी नेपाल
१७ भदौ २०८३ १८:२८

रसुवा। भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाका विभिन्न स्थानबाट संकलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव फेला पारिएको हो। संकलित शवहरू कुहिएर गन्हाउन थालेपछि हेलिकप्टरमार्फत नुवाकोटको विदुर पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसैबिच, बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाहरूमा फसेका श्रमिक तथा नागरिकहरूको उद्धार प्रयास भइरहेको छ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् गृहको सुरुङभित्र बाक्लो लेदो र हिलो जमेका कारण उद्धार कार्य जटिल बनेको छ। नेपाली सेनाको ६ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी प्रज्ज्वल राणाले सुरुङभित्र प्रवेश गर्ने अवस्था अझै बनिनसकेको जानकारी दिनुभयो।

यता स्याफ्रुबेँसीस्थित २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा फसेका व्यक्तिहरूको उद्धार कार्य भने सेनाले निरन्तर जारी राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *