आज रास्वपाको सचिवालय बैठक बस्दै: समसामयिक विषयमा छलफल हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयहरूमा छलफल हुने जनाइएको छ।
बैठक बिहान १०:०० बजे काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुनेछ। समसामयिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment