सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

डिसी नेपाल
१८ भदौ २०८३ ११:२३

काठमाडौं। विगत एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य स्थानीय बजारमा बिहीबार भने उच्च अङ्कले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।

मूल्य वृद्धि भएसँगै बिहीबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो मङ्गलबारदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको थियो।

बुधबार मात्रै तोलामा ८ हजार ८०० रुपैयाँले घटेर सुन २ लाख ९७ हजार ३०० रुपैयाँमा झरेको थियो। त्यस्तै मङ्गलबार ५०० रुपैयाँ घटेर ३ लाख ६ हजार १०० रुपैयाँ, सोमबार २ हजार ४०० रुपैयाँ घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ र आइतबार ९ हजार ५०० रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ पुगेको छ।

यसअघि बुधबार चाँदी तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार १५ रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँ कायम भएको चाँदी सोमबार आइतबारकै मूल्य अर्थात् ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने चाँदीको मूल्य १८५ रुपैयाँले घटेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *