बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय
काठमाडौं। सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए।
त्यस्तै,खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए। उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने निर्णय भएको पनि पोखरेलले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment