‘विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ’: प्रधानमन्त्री बालेन
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य र कर्मको परीक्षा लिने उल्लेख गरेका छन्।
सन्देशमा भनिएको छ, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्, यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।”
प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको यस पावन अवसरमा सबैलाई आफ्नो कर्तव्यपथमा निरन्तर टिकिरहने धैर्य, लगनशीलता र शक्ति प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment